राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
७ असोज, काठमाडौँ । राष्ट्रिय सभाबाट बजेटको विनियोजन विधेयक पारित भएको छ। एमालेको विरोधकैबीच राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो ।
आज बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।
प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १४:५१