१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

लाभांश बुझ्न सेयरधनीलाई कुमारी बैंककाे अनुरोध

७ असाेज, काठमाडौँ । कुमारी बैंकले सेयरधनीलाई नगद लाभांश बुझ्नका लागि अनुरोध गरेको छ । बैंकले प्राप्ति गरेको साविक वेस्टर्न डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था र पश्चिमाञ्चल फाइनान्स कम्पनीका सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको हो ।

वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश वितरण गर्ने निर्णय भएको मितिले ५ वर्ष अवधि समाप्त भएपनि पनि कुनै सेयरधनीले नबुझेकाले उक्त लाभांश बुझनका लागि बैंकले अनुरोध गरेको छ ।

उक्त लाभांश कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएकाले यो सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र लाभांश लिन अनुरोध गरेको छ । सेयरधनीले उक्त लाभांश कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटलबाट लिन सक्नेछन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १२:५२