नेप्सेमा रुरु जलविद्युतको सेयर मूल्य समायोजन
७ असाेज, काठमाडाैँ । नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीकाे १० प्रतिशत बोनश सेयरका लागि मूल्य समायोजन भएको हो ।
नेप्सेले कम्पनीको हिजो कायम अन्तिम सेयर मूल्य १३२७ रुपैयाँका आधारमा सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य १२०६ रुपैयाँ कायम भएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि आज असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म नेप्सेमा काराेबार भएर कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १३:२३