२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

बैतडीमा एक व्यापारी मृत फेला, हत्याकाे आशङ्का

७ असाेज, बैतडी । बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाडौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।

महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको प्रहरीले जनाएकाे छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १२:३७