१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

समृद्धिको सञ्चालकमा सुजन अधिकारी

७ असोज, काठमाडौँ । समृद्धि फाइनान्सको सञ्चालकमा सुजन अधिकारी चयन भएका छन । अधिकारी नेपा पेट्रोलियम ट्रेड लिंक प्रा.लि.का तर्फबाट सञ्चालक मनोनित भएको फाइनान्सले जनाएको छ ।

सञ्चालक समितिको भाद्र ३० गते बसेको वैठकबाट सञ्चालक भएका अधिकारीले असोज ५ गतेको बैठकबाट काम सुरु गरेका छन । समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्स हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार ०८:०२