१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

बाँकेमा ८०० लाई अंगीकृत नागरिकता प्रादन

५ साउन, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले गत आवमा ४७५ अर्धन्यायिक मुद्दा फछ्र्योट गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार दर्ता भएका ७४६ मुद्दामध्ये २७१ मुद्दा अझै फछ्र्योट हुन बाँकी छन् । गत आव २०७४÷७५ मा सार्वजनिक अपराध, हातहतियार खरखजाना, सवारी ज्यानको क्षतिपूर्ति, न्यून गुणस्तर तथा दूषित खाद्य पदार्थ, कालोबजारी, आवश्यक वस्तु संरक्षण र ठाडो उजुरीलगायत मुद्दा दर्ता भएका थिए ।

यसैगरी कार्यालयले सो अवधिमा ८०० जनालाई वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय, कोहलपुर इलाका प्रशासन कार्यालय र नरैनापुर इलाका प्रशासन कार्यालयमार्पmत त्यस अवधिमा १६ हजार ४५१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । प्रजिअ केसीले त्यस अवधिमा जिप्रकाबाट छ हजार १३३ जनालाई राहदानी वितरण गरिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार ०८:२९