२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

१० करोड भ्रष्टाचारबारे गच्छदार भन्छनः मैले माधव नेपालको आदेश मानेको हुँ

६ असोज, काठमाडौँ । १० करोड भ्रष्टाचारको मुद्दा खेपीरहेका नेपाली कांग्रेसका सभापति विजय गच्छदारले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा आफूले काम गरेको बताएका छन ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गच्छदारले माधव नेपालको आदेश कार्यान्वयन गरेका कारण आफ्नो कुनै दोष नरहेको बताएका छन । उनले पत्रकार सम्मेलनमा बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा आफू दोषी नरहेको दाबी गरे ।

गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजानेसम्मको काममात्र आफूले गरेको बताए ।

गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाईमात्र फसाउन खोजिएको बताए । उनले राजनीतिक पूर्वाग्रहकै कारण माधव नेपाललाई उन्मुक्ति दिइएको आरोप लगाए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १४:१६