२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

परराष्ट्रमन्त्रीमा कांग्रेसका खड्का, मालदार खोज्ने माधव, प्रचण्ड र उपेन्द्र जिल्लाराम

६ असोज, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा। नारायण खड्कालाई नियुक्तिका लागि सिफारिस गरेका छन । प्रधानमन्त्री देउवाले खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन ।

सरकारले खड्कालाई आजै कार्यभार सम्हाल्न लगाएर मन्त्री खड्कालाई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पठाउने कार्यक्रम तय गरेको छ । यद्यपी शपथ सम्बन्धी कानुन नभएका कारण तत्काल खड्काको सपथ हुन्छ कि हुँदैन भन्ने अन्योल कायमै रहेको छ ।

देउवाले महत्वपूर्ण मन्त्रालय सबैमा कांग्रेसका मन्त्री नियुक्ति गर्ने रणनीति बनाएरपछि मालदार मन्त्रालयका लागि अडान लिगिरहेका माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादव भने झस्किएका छन । यद्यपी देउवाले मंगलबार गठबन्धनको बैठक बोलाएर बाध्यता सुनाएर खड्कालाई परराष्ट्र मन्त्री बनाउनुपर्ने विषयमा सहयोग मागेका थए ।

परराष्ट्रमन्त्रीमा उपेन्द्र यादव र माओवादीका नारायणकाजी श्रेष्ठको दाबी रहँदै आएको छ । देउवाले हालका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत कानुनबाट सञ्चार मन्त्रालयको जिम्मेवारीमा सार्ने तयारी गरेका छन ।

कांग्रेसका सहमहामन्त्री डा प्रकशरण महतले केही दिनअघि एक अन्तरवार्तामा मुलुक अर्लि इलेक्सनमा जाने सम्भावना रहेको बताएपछि स्थानीय चुनाव भन्दा अघि नै संसदीय चुनाव गराउने रणनीतिमा कांग्रेस लागेको भनेर नेपाल, प्रचण्ड र यादव संशंकित देखिएका छन ।

यद्यपी यउनीहरूले अब कांग्रेसले छाडेर दया गरेर दिएका मन्त्रालयमा चित्त बुझाएर केही मन्त्रालय लिएर बस्नुको विकल्प छैन । कांग्रेसले एमसीसी पनि अघि बढाउने तयारी गरिरहेको छ । माधव नेपालले एमालेका लागि ४० प्रतिशत भन्दा बढी क्षति दिलाउने गरी पार्टी फुटाउने शर्तमा सहकार्य गर्न तयार भएका देउवा नेपालको शक्ति मतदाताको स्तरसम्म पुग्दा ५ प्रतिशत पनि शक्ति हुने नदेखिएपछि चिढिएका छन ।

उनले एमाले कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौति हुने भएका कुनै नयाँ उपाय निकालेर चुनावमा जानुपर्ने भन्दै आफू निकटका नेताहरूसँग सल्लाह पनि गरेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार ११:०२