२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

५ असाेज, काठमाडाैँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गरको छ ।

यसैगरी कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साढे १८ किलोमिटर ट्र्याकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय :

-राजनीतिक नियुक्तिका सबै राजदूतहरू फिर्ता बोलाउने ।

-कर्णाली करिडोर अन्तर्गत सलिसल्ला, सिमिकोट खण्डको बुल्दिकुनादेखि लालीबगरसम्म सडकखण्डको सात किलोमिटर र लैखुबद्री गाउँदेखि हुकाखोलासम्म १३ दशमलब ५ किलोमिटर सडक निर्माणको ट्र्याक निर्माणण कार्य नेपाली सेनालाई थाल्न स्वीकृति प्रदान ।

-कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत प्रदान । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान ।

-कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने ।

-संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १८:५३