पोर्नोग्राफी मुद्दामा जमानत पाएका शिल्पा सेट्टीका पति राज कुन्द्रा दुई महिनापछि रिहा
५ असोज, काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा रिहा भएका छन् । पोर्न फिल्म बनाएको अभियोगमा हिरासतमा रहेका व्यवसायी कुन्द्रा र उनसँगै गिरफ्तार भएका रेयान थोर्पे मजिस्ट्रेट अदालतको जमानतमा मंगलबार कारागारबाट रिहा भएका हुन् ।
मुख्य न्यायाधीश एसबी भाजीपाको इजलासले सोमबार ५० हजार धरौटीमा कुन्द्राको जमानत स्वीकार गरेको थियो । दुई महिना पहिला पोर्न फिल्म बनाएको अभियोगमा मुम्बई क्राइम ब्रान्चले उनलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनलाई अर्थर रोड जेलमा राखिएको थियो । मंगलवार दिउँसो उनी रिहा भएका हुन् ।
१९ जुलाईमा पक्राउ परेका कुन्द्रामाथि मुम्बई प्रहहरीले आईपीसी, सूचना प्रविधि ऐन र स्त्री अशिष्ट प्रतिनिधि (प्रतिषेध) ऐनअन्तर्गत मुद्दा चलाएको थियो । अब कुन्द्राले बाहिरै बसेर मुद्दामा कानूनी लडाइँ लड्ने छन् ।
प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १५:५९