२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर फर्कियो राष्ट्रिय टोली


५ भदौ, काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । ओमानमा भएको खेलमा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग खेलेको थियो ।

ओमानसँग दुई खेल खेलेको नेपालले एक खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो । यस्तै अमेरिकासँग पनि एक खेल हारेको नेपालले एक खेल जितेको थियो ।

यसैबीच, मुख्य प्रशिक्षक डेभ ह्वाटमोर भने भारत पुगेका छन् । उनले यसअघिनै टोलीको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।थप तस्बिर ग्यालरीमा छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १३:०४