२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

काेराेना अपडेटः १०९५ संक्रमित थपिए, ८ जनाको मृत्यु, २९५७ संक्रमणमुक्त

४ असाेज, काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १०७८६ जनाको पीसीआर परीक्षण गर्दा ९७५ र ३०३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२० जना गरी थप १०९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। सोही अवधिमा २९५७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १७:०९