२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

बिरोध खतिवडालाई नारायण खतिवडाको चेतावनीः बोलीमा लगाम लगाउ

४ असोज, नुवाकोट । नेकपा एमाले नुवाकोटका अध्यक्ष एवं सांसद नारायणप्रसाद खतिवडाले नेकपा एकीकृत समाजवादीका नेता बिरोध खतिवडाको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन ।

शनिबार नुवाकोटमा भएको एउटा कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेप्रति लक्षित गर्दै बिरोधले मकवानपुरको हरेक चोक र गल्लीको रेष्टुरेन्ट र भट्टीमा रक्सी खाएर पैसा तिर्न बाँकी भएको र कोही पनि नुवाकोटका नागरिक वर्तमान सरकार हुँदासम्म हेटौडाँ नआउन अनुरोध गरेका थिए ।

श्रीमतिको सुत्केरी भत्ता आफैँ खाएर कुनै कालखण्डामा एमालेको बद्नामा गरेका खतिवडाले दिएको यो अभिव्यक्तिको नुवाकोटमा चर्को आलोचना भैरहेको छ । धेरैले खतिवडालाई आफूले बोलेको कुरा प्रमाणित गर्न चुनौति दिइरहेका छन ।

यही बीचमा एमाले नुवाकोटका अध्यक्ष खतिवडाले पनि विज्ञप्ति नै प्रकाशित गरेर नेकपा एसका नेता खतिवडाको अभिव्यक्तिको निन्दा गरेका हुन । बिरोध खतिवडाको अभिव्यक्तिले सम्पूर्ण नुवाकोटका नागरिकमाथि अपमान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

(भिडियोमा १५ मिनेटदेखि १६ मिनेट २० सेकेन्डसम्म खतिवडाको घृणित अभिवक्ति सुन्न सक्नुहुन्छ । भिडियो साैजन्यः जालपान्युज)

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार ११:१५