१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पूर्व एआइजी चन्द सक्रिय राजनीतिमा आउँदै, कांग्रेसदेखि विप्लव माओवादीसम्मको अफर

४ साउन, काठमाडौैँ । नेपाल प्रहरीका पूर्व एआइजी जयबहादुर चन्दले राजनीतिमा आउने घोषणा गरेका छन । अनलाइनखबर डट कमलाई अन्तर्वार्ता दिँदै चन्द्रले आफूले चाँडैनै सक्रिय राजनीतिमा आउने बताएका छन । आइजी फुली लगाउनै नपाई पद खोसिएपछि एआइजीबाटै अवकाश पाएका चन्दले कांग्रेस, नेकपा, विप्लव र राप्रपाका नेताले आफूलाई राजनीतिक दिको अफर गरेको खुलासा गरेका छन ।

उनले प्रतिपश्न गर्दै भनेका छन ‘म जत्तिको मान्छेलाई राजनीतिक पार्टीले नलिने भन्ने पनि हुन्छ र !’ उनले कुन पार्टीमा बसेर राजनीति गर्ने भनेर आफूले निर्णय लिइसकेको भए पनि तत्काल व्यक्त नगर्ने बताएका छन ।

पूर्व एअाजी जयबहादुर चन्द । तस्बीरः अनलाइनखबर डट कम

उनले आफूले छानेको पार्टीमा गएपछि नेपाली जनताको मुहार हसाउने गरी काम गर्ने दाबी समेत गरेका छन । साथै उनले पार्टीभित्र गुटको राजनीति नगर्ने पनि बताएका छन ।

यो पनि पढ्नुहोस्

–आइजी बनाउन एकै व्यपारीको एक करोड लगानी, फुली लगाउनै नपाई पदच्युत भएपछि पैसा फिर्ता

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १६:४०