२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सरकारले दिन लागेको ‘प्रवल जनसेवाश्री’ विभूषण नलिने कार्टुनिस्ट सायमीकाे घोषणा

३ असोज, काठमाडाैँ । कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा सरकारले सायमीसहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणा गरेको थियो ।

उक्त सूचीमा सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६औँ नम्बरमा छ। तर, सायमीले सरकारबाट घोषणा भएको उक्त विभूषण आफूले ग्रहण नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । उनले लेखेका छन्, ‘सरकारले मलाई ‘प्रवल जनसेवाश्री’बाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार ०९:५९