२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

उपाध्यक्षको नेतृत्वमा माओवादी निकट कर्मचारी संगठन एमाले निकटको कर्मचारी संगठनमा समाहित

२ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमलाको नेतृत्वमा बहुमत केन्द्रीय कमिटी नेकपा एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनमा समाहित भएको छ ।

नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेला मार्फत नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन समाहित भएको हो । उपाध्यक्ष धमलासहित १९९ सदस्यीय केन्द्रीय समितिमा महासचिव लगायत एक सय जना सदस्य अर्थात बहुमत सदस्य समाहित भएका छन ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमला र महासचिव प्रभातप्रसाद साहसहित केन्द्रीय कमिटीका एक सय भन्दा बढी नेपाल निजामति कर्मचारी संठनमा समाहित भएका कर्मचारी नेताहरू आजैबाट सुरू भएको राष्ट्रिय भेलामा सहभागी भएका छन ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ११:३५