१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

हरिबहादुर थापाले पनि छाडे कान्तिपुर, राजिनामा स्वीकृत भएपछि यसो भने थापाले

४ साउन, काठमाडौँ । कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले औपचारिक रुपमै कान्तिपुर छाडेका छन । आज सामाजिक सञ्जाल फेसबुकमा आफ्नो राजिनामा स्वीकृत भएको जानकारी दिँदै थापाले कान्तिपुरसँगको २६ वर्षे यात्राको अन्त्य गरेको जानकारी दिएका छन ।

थापाले आगामी दिनमा पनि पत्रकारिता र लेखन कर्ममै संलग्न हुने भन्दै साथ, सहयोग र शुभेच्छा दिने सबैप्रति अाभार प्रकट गरेका छन । कान्तिपुरको प्रधानसम्पादकबाट सुधिर शर्माको बहिर्गमनपछि थापालाई प्रधानसम्पादकको रुपमा हेरिएको थियो ।

थापाले पनि आफ्नो तयारी गरेका थिए तर अचानक नारायण वाग्लेलाई ल्याएर व्यवस्थापनले परिचय गराएपछि थापाले सुधिरको बिदाई र वाग्लेको स्वागतको कार्यक्रममा झुलुक्क अनुहार देखाएर बाहिरिएका थिए ।

थापाले लेखेको स्टाटस

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १४:००