१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नवलपरासीमा परिचय खुल्न नसकेको बालक भेटियाे

४ साउन,नवलपरासी । पूर्वी नवलपरासीको नवलपरासी देवचुली नगरपालिका–१५ दलदले क्षेत्रबाट प्रहरीले एकजना बालक फेला पारेको छ । करीब १३ वर्षीय बालकको परिचय खुल्न सकेको छैन ।

बालकलाई चिन्नुहुने जो कोहीलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयमा सम्पर्क गर्न प्रहरीले बालकको सम्बन्धित व्यक्तिलाई आग्रहसमेत गरेको छ ।

प्रहरी टोली गस्ती गर्दै जाने क्रममा सो बालकलाई फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १३:४९