२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

रामेछापमा जीप दुर्घटना,एकै परिवारका तीन जनाको मृत्यु

३१ भदाै, काठमाडाैँ । रामेछापमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएकाे छ । दुर्घटनामा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० वर्षका बालक भने घाइते भएका छन् । उनको मन्थलीकाे एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

फाइल फाेटाे

काठमाडाैँबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको हो । दुर्घटनाकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १३:१६