२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

राष्ट्रपति भण्डारी र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

३१ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच एमालेको आन्तरिक विषयमा छलफल भएको बुझिएको छ । ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् । प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८  गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १२:०८