नबिल बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?
३१ भदौ, काठमाडौँ । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले विभिन्न बचत खातामा ४.२६ प्रतिशतदेखि ६.२६ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ । बैंकले फिक्स्ड डिपोजिटमा ब्यक्तिगततर्फ ६.५१ प्रतिशतदेखि ८.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म ब्याज दिने छ ।
यस्ताे छ बैंकले प्रकाशन गरेकाे नयाँ ब्याजदरः

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ११:२६










