६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

४० अंकले घट्यो नेप्से, ५ अर्ब ३५ करोडकाे काराेबार


३० भदाै, काठमाडौँ । आज पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा झरेकाे छ । नेप्से १.३७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा झरेको छ ।

बुधबार दिनभर २ सय २२ कम्पनिको १० करोड ५५ लाख ७ हजार ८ सय ६६ कित्ता शेयर ७५ हजार ८ सय ९५ पटक किनबेच हुदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से घटेर सबै समुह राताम्मे भएको छ । आज सबैभन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । निर्जिवन विमा समुह २७२ जिवन विमा समुह १७५, विकास बैंक ११६, होटल एण्ड टुरीजम ७९, उत्पादन समुह ७३ अंकले घटेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १५:३८