६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेशनल माइक्रो फाइनान्सको संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला


३० भदौ, काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

संस्थाले प्रतिकित्ता न्यूनतम १०२२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यो सेयर विद्यमान संस्थापकहरू वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाले आवेदन दिन सक्ने छन् । १३ असोजभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १३:११