६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

प्रि ओपन सेसनमा करिब ४ अंकले बढ्यो नेप्से


३० भदौ, काठमाडौँ ।  आज साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ दशमलव ५४ अंक घटेर २९२९ दशमलव २९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३ दशमलव ९४ अंक बढेर २९३३ दशमलव २३ विन्दुमा पुगेको छ ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७४ अंक बढेको छ। सो सेसनमा कुल २५ कम्पनीको तीन हजार सात सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सो सेसनमा ११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार ११:४९