२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

२९ भदौ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।’

मंगलबारको बैठकले विनियोजन विधेयक २०७८माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १४:०१