२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत

२९ भदौ, काठमाडौँ । एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे । विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १३:५५