२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

एमाले सांसदको अवरोधबीच प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश

२९ भदौ, काठमाडौँ । एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गरेलगत्तै सभामुखले विधेयकमाथिको छलफल अगाडि बढाएका छन् । यतिबेला छलफलम नेमकिपाका सांसदले भाग लिइरहेका छन् । एमाले सांसदहरू भने नारा लगाइरहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १३:३७