२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

गैँडाकोटमा यात्रुबाहक बस र ट्रक ठोक्कियो, तीन जनाको मृत्यु, २४ जना घाईते

२९ भदाै, नवलपुर । नवलपुरको गैँडाकोटमा यात्रुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन् ।

गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा ३ जनाको मृत्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

विहान ४ वजे भएको सो दुर्घटनामा परि २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

मृतकहरुको परिचय खुल्न सकेको छैन । दुर्घटनामा परि घाईते भएका उनिहरुको नयाँ मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । अन्य घाईतेहरुको सोहि अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार ०७:५०