२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु, शिशुको अवस्था सामान्य

२८ भदौ, सोलुखुम्बू । अत्यधिक रक्तश्रावका कारण खुम्बू पासाङ ह्लामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ ।खोटाङको ऐँसेलुखर्क गाउँपालिका- २ की २५ वर्षीया चन्द्रकला राईको सोमबार बिहान मृत्यु भएको हो ।

आइतबार साँझ ५:४२ बजेको समयमा लुक्लास्थित पासाङ ह्लामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी उनको मृत्यु भएको अस्पतालका डा. अनेस केसीले बताए ।

सालनाल अड्किएपछि अत्यधिक रक्तश्राव भएको र रातको समयमा रेफर गर्न पनि समस्या भएकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । चेकअपका लागि आइतबार बिहान ११ बजे ती महिला अस्पताल पुगेकी थिइन् ।

बच्चा जन्मिने बेलासम्म स्वास्थ्य राम्रो भए पनि सुत्केरीपछि उच्चरक्तश्राव भएको थियो । अहिले बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार २१:२०