२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

एमसीसीविरुद्ध फुङ्लिङमा नेकपा विप्लवसमूहको प्रदर्शन

२८ भदौ, ताप्लेजुङ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार ताप्लेजुङमा प्रदर्शन गरेको छ ।

नारा-जुलुससहित गरिएको प्रदर्शनमा एमसीसी सम्झौतालाई राष्ट्रघातीको संज्ञा दिइएको छ । नेकपाका कार्यकर्ताहरूले फुङ्लिङ नगर परिक्रमा गर्दै राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, सम्पूर्ण देशभक्त शक्तिहरू एक हौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरलगायत नारा लगाएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १८:१६