२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सर्वदलीय बैठकमा एमालेलाई सहभागी गराउन सभामुखलाई दलहरूको सुझाव

२८ भदौ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटालाई संसदमा प्रतिनिधित्व गर्ने दलहरूले एमालेलाई सहभागी गराउन सुझाव दिएका छन् । सोमबार बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले सभामुख सापकोटालाई प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराउन सुझाव दिएका हुन् ।

‘आजको बैठकमा एमाले सहभागी भएन । यस कारण बैठक निष्कर्षविहीन भयो’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भनिन्, ‘अब एमालेलाई सहभागी हुनेगरी सर्वदलीय बैठक राख्न हामीहरूले सभामुखलाई सुझाव दियौँ ।’

प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अवरोध सृजना गरिरहेको छ । गत बुधबार, शुक्रबार र आइतबार तीन दिनका प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजीले अवरोध सृजना भएको थियो ।  सदनमा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले सोमबार सर्वदलीय बैठक बोलाइएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १७:२९