६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

एचआईडीसीएलको हकप्रद शेयर बाँडफाँड


२८ भदाै, काठमाडौँ । हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रद शेयर बााडफाँड सम्पन्न भएको छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयर बााडफाँड सम्पन्न भएको हाे ।

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ११ करोड कित्ता हकप्रद शेयर बिक्री गरेको थियो ।

रितपूर्वक आवेदन दिने १ लाख ९६ हजार ४२४ जना शेयरधनीहरूलाई ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । अब कम्पनीले बिक्री नभएको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद निष्कशन प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरेको थियो । त्यसैले जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै हकप्रद शेयरमा आवेदन दिन पाएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १०:४५