२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नुवाकोट पञ्चकन्याका ६ युवा एमाले प्रवेश, राज्यमन्त्री मैनालीले गरे स्वागत

२७ भदाै, काठमाडाैँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ५ का ६ जना युवा नेकपा एमालेमा प्रवेश गरेको छ । अइतबार बागमती प्रदेशका कृषि राज्यमन्त्री बद्री मैनालीले ती युवाहरूलाइ एमालेमा स्वागत गरेका छन ।

एमाले नुवाकोटका सचिव काशिराज अधिकारी र पञ्चकन्या गाउँपालिका कमिटीका अध्यक्ष रामनाथ खनालको उपस्थितिमा राज्यमन्त्री मैनालीले स्वागत गरे ।

राज्यमन्त्री मैनालीले युवाहरूले नेपालमा जिम्मेवारी पाउने भन्दै राष्ट्रनिर्माणका लागि सबैले सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताए ।  युवाहरूले एमालेमा प्रवेश गर्न पाउँदा खुशीको अनुभुति भएको बताएका छन ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार २१:५८