२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमालेले अवराेध गरेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित

२७ भदाै, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवराेध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ । आइतवारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगन गरेर सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।छलफल लगत्तै बसेको दोस्रो बैठकमा समेत एमाले सांसदहरूले नाराबाजी गरे ।

सभामुखले बैठक शुरू भएको जानकारी गराउनेबित्तिकै एमाले सांसदहरू वेलमा पुगेका थिए । सदन सञ्चालन गर्ने वातावरण बनाउन पटक-पटक आग्रह गर्दा पनि एमालेको नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

एमालेले माधव नेपालसहित १४ जना सांसदमाथि गरेको कारवाही सदर नगरेको भन्दै समाभुखसँग रुष्ट छ । यसअघि बुधबार र शुक्रबार बसेका बैठकमा पनि एमालेले नाराबाजी गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १५:१४