२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

मन्त्री हुन नपाएकाले पार्टी फुटाउने डरले देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्

२७ भदौ, काठमाडौँ । मन्त्री हुन नपाएकाहरूले पुनः दल विभाजन गर्न सक्ने डरले अध्यादेश निष्क्रिय नहुँदासम्म मन्त्रपरिषद् विस्तार नहुने भएको छ । मन्त्रीको पद सीमित रहेको तर आकांक्षीहरू असीमित भएपछि सत्ता गठबन्धनले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्ने निर्णय लिएको छ ।

अध्यादेश सक्रिय रहेको बेलमा मन्त्रीहरू छान्दा समस्या हुने भएपछि यस्तो निर्णयमा पुगेको सत्तारूढ दलका नेताहरूले बताएका छन । माधवकुमार नेपाल र उपेन्द्र यादव यसको मुख्य मारमा छन ।

पार्टी फुटाउनका लागि भएका सबै सांसदहरूलाइ एक एक भेटेर मन्त्री दिने आश्वास बाँडेका कारण उनीहरू अध्यादेश कायमै रहेको अवस्थामा मन्त्रीको सूची दिन डराएका हुन । दुबै पार्टीमा मन्त्री हुन नपाएका असन्तुष्टहरूले तत्कालै नयाँ पार्टी बनाउन सक्ने क्षमता राख्छन ।

एमाले विभाजनका लागि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश मार्फत संसदीय दल या केन्द्रीय कमिटिमध्येबाट २० प्रतिशत सदस्य बनाउन सके विभाजन गर्न सकिने बाटो बनाएको छ ।

जसका कारण २३ जना प्रतिनिधि सभा सदस्य रहेको नेकपा एसमा ५ जना र १९ जना सांसद संख्या रहेको जसपा ४ सांसद भए फुट्न सक्छ । त्यसकै डरले उनीहरूले मन्त्रिपरिषद् विस्तार रोकेका छन ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १०:५२