२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रतिनिधिसभा बैठक आज पनि, एमालेले अबरोध कायमै राख्ने

२७ भदाै, काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सरकारले नयाँ बजेट प्रस्तुत गरेपछिको अाज पहिलो बैठक हो । यसअघिको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत बजेट प्रस्तुत गरेका थिए । शर्माले एमालेको अबरोध र नाराबाजीका बीचमा विधेयक प्रस्तुत गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख नसच्चिएसम्म बिरोध जारी राख्ने बताएको छ । एमालेकै विरोधकाबीच सभामुख अग्नि सापकोटाले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तय गरेका छन । त्यस्तै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संसदको सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ५ वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । त्यसैगरी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार ०९:०१