२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नुवाकोटका कांग्रेस नेता लामा एमाले प्रवेश, मन्त्री मैनालीले गरे स्वागत

-प्रशान्तजंग पाण्डे

२७ भदौ, नुवाकोट । नुवाकोटमा कांग्रेस परित्याग गर्ने युवाहरू बढीरहेका छन । राजाको जस्तै सीमिति परिवार भित्रका मानिस मात्र नेतृत्वमा रहीरहने परिपाटी स्थापित भएपछि युवाहरू निराशा देखिएको हो ।

शनिबारमात्र ककनीका एक जना युवाले कांग्रेस परित्याग गरेका छन । उनले कांग्रेस परित्याग गरेको घोषणा गरे लगत्तै नेकपा एमालेको सदस्या लिएका छन ।

नेकपा एमाले नुवाकोट अध्यक्ष एवं बागमती प्रदेशका भूमि ब्यवस्थ,कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले कांग्रेस नेता प्रकाश लामालाई एमालेमा स्वागत गरे । उनले एमालेमा उचित जिम्मेवारी दिइने बताएका छन ।

लामाले कांग्रेसमा लाग्ने युवाहरूको कुनै भविष्य नरहेको र जीवनभर अर्जुननरसिंह केसी र डा रामशरण महतको परिवारको झोला बोकेर हिड्नुपर्ने बाध्याता रहेको बताए । उनले आफूमा पनि नेतृत्व विकास गराउन प्रगतिशिल युवाहरूको सक्रियता रहेको एमाले आफूलाइ ठीक लागेको बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार ०७:४२