१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

देउवा सरकारको नयाँ बजेट सार्वजनिक (पूर्णपाठ)


२५ भदाैा, काठमाडाैँ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन् ।

शुक्रबार अपरान्ह तेस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयक प्रस्तुत गर्दा एमाले सांसदहरूको नाराबाजी चलिरहेको थियो ।

सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ०७४ मा यस्ता विरामीका लागि मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरेको थियो ।

संसदमा अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक यस्तो छ

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १८:०१