२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले सपथ लिए

२५ भदाै, काठमाडाैँ । बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र तीन जना सदस्यहरुको शुकबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथग्रहण गरेका छन ।

प्रदेशका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई छुट्टाछुट्टै सपथग्रहण गराइन । पहिला आयोगका उपाध्यक्ष डा जगत बहादुर बस्नेतले सपथ लिएका थिए ।

त्यसपछि सदस्यहरु ज्ञानु कुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई मुख्यमन्त्री शाक्यले सपथग्रहण गराएकी थिइन । सपथ लगत्तै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई तीब्र गतगतिमा अगाडी बढाउन निर्देशन दिइन ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १५:०२