४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

संसदमा एमालेको अबरोधकाबीच तीन अध्यादेश पारित

२५ भदाै, काठमाडाैँ । प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो ।

एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए ।

एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १४:४३