२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बागमती प्रदेशको मुख्यमन्त्री शाक्यको मुख्य राजनीतिक सल्लाहकारमा अर्याल

२५ भदाै, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य माधव अर्याल बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुख्य सल्लाहकारमा नियुक्त भएका छन ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय सदस्य अर्याललाई मुख्यमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।

रसुवा स्थायी घर भएका अर्याल एमालेको गत महाधिवशनमा वैकल्पिक केन्द्रीय सदस्यमा विजयी भएका थिए । अर्याल माधवकुमार नेपालले एमाले विभाजनको अभियान चलाउँदा त्यसको विपक्षमा थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १४:३७