२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

गठबन्धनमा साझा धारणा बनाएर एमसीसी अघि बढाउछाैँः प्रचण्ड

२५ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन ।

एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरूको मत रहेको बताएका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार शुक्रबार बिहान उनको निवास खुमलटार पुगेकी थिइन ।

आफूहरूको पाँच दलीय गठबन्धनको बिचमा पनि साझा धारणा बनाएर मात्रै एमसीसीलाई अगाडि बढाउने पक्षमा रहेको प्रचण्डको भनाइ थियो । उनले नेपालका राजनीतिक दलका बिचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरूको चाहना रहेको उल्लेख गरिन ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १२:१२