२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

चेपाङ्ग समुदायको कथामा ‘अस्तित्वको लडाईं’ चलचित्र निर्माण हुँदै

२५ भदाै, काठमाडाैँ । गोबिन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त गरिएको छ। मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भनें ठाउँमा चलचित्रको एक समारोह बीच मुहर्त गरिएको हो।

चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन्। चेपाङ्ग समुदायको कथामा बन्न लागेको चलचित्रको दशैं तिहार पछि बाट छायाँकन सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले बताए।

सरीता ढुंगाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो। प्रशान्त तामाङ,सुनील थापा,सम्पदा बानियाँ चलचित्रका लागी अनुबन्धित भई सकेका छन् भने अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन्।

राम शरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुन्। चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहनेछ। चलचित्रमा समाबेश हुने गीत छनोट कार्य पनि हुँदै रहेको काफ्लेले जानकारी दिए।

प्रकाशित मिति : 09:32