१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अस्पताल बन्द गराउने कांग्रेस निकट चिकित्सकविरूद्ध बिरामीका आफन्त लाठी लिएर उठे

३ साउन, मोरङ । विराटनगरको नोवेल अस्पतालमा अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका कांग्रेस निकटका डाक्टरलाई खबरदारी गर्न बिरामीका आफन्तहरुले लाठिसहित प्रदर्शन गरेका छन् । बिहिबार नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारीसहित प्रदर्शन गरेका हुन् ।

नेपाल चिकित्सक संघको आह्वानमा उपचार बन्द गरी प्रदर्शन गर्न डाक्टर उभिएपछि बिरामीका आफन्त पनि लाठीसहित खवरारी गर्दै प्रतिकारमा उत्रिएका हुन । उनीहरुले उपचारमा तलमाथि भए कसैलाई नछाडने भनेपछि बन्द्य गराउँदै हिडेको केही डाक्टरहरुको भागाभाग भएको थियो ।

 

बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । सर्वसाधरण बिरुद्धमा उत्रिएपछि नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंशिक मात्रै प्रभाव देखिएको छ ।

नोबेल शिक्षण अस्पताल, विराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जनता नै प्रतिकारमा उभिएपछि कुनै अमुक दलको गोटी बनेर आफ्नो पेशामा कालो पोत्न नसकिने भन्दै डाक्टरहरुले उपचार जारी राखेका हुन ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार २०:४४