१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

१ लाख ३० हजार घुससिहत पक्राउ परेका इन्जिनियर शेखरनाथ खनालविरुद्ध मुद्दा दायर

३ साउन,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलमा कार्यरत इन्जिनियर शेखरनाथ खनालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकानुसार इन्जिनियर खनालले खानेपानी तथा सरसफाइसम्बन्धी कामको पहिलो किस्ताबापतको बिल भुक्तानी गर्ने क्रममा रु एक लाख ३० हजार घुस माग्दै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरिएको थियो ।

आयोगले इन्जिनियर खनालसँग बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १८:२१