१३ जेष्ठ २०८१, आईतवार | Mon May 27 2024

नबिल इक्विटीको ४० र ब्यालेन्स्ड फण्ड-२ को ३५ प्रतिशत लाभांश घोषणा


२३ भदौ, काठमाडाैँ । नबिल म्यूचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड–२ को प्रतिफल घोषणा भएको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डले आफ्ना इकाई धनीहरुलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड–२ ले ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नबिल इक्विटी फण्डले अघिल्लो आव २०७६/०७७ बाट आफ्ना इकाई धनीहरुलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड-२ ले ३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यी दुवै फण्डहरुको कोष प्रबन्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यी दुबै योजनाको प्रतिफल वितरणका लागि दर्ता किताब बन्द हुने मिति पछि तय गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १३:४६