१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गोविन्द केसी समर्थकको बोतल आक्रमणबाट गम्भीर घाइते प्रहरी जवान उपाध्यायको उपचार हुँदै

३ साउन, काठमाडौँ । गोविन्द केसी समर्थक नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको कन्ट्रोल रुमले दिएको जानकारी अनुसार केसी समर्थकले हानेको बोतल लागेर गम्भीर घाइते भएका उपाध्यायको अवस्था भने गम्भीर रहेको छ ।

भीड तितरवितर गर्न खोज्दा केसी समर्थकले हानेको बोतलले लाग्दा उनी गम्भीर घाइते भएका थिए । गोली लागेर मृत्यु नै भएको समाचार आएका छन नि भन्ने दैनिकीको प्रश्नमा प्रहरीले गोली लागेको हल्ला अफवाहमात्र भएको बताएको छ ।

तस्बीरः अन्नपूर्ण पोष्टको अनलाइनबाट साभार ।

बिहीबार बिहान डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पुगेपछि अस्पतालमा केसी समर्थक नेविसंघका कार्यकर्ता र स्थानीयले अबरोधको प्रयास गरेका थिए ।

उपाध्यायलाई गोली लागेको हो कि सिसाले लागेको हो भनेर हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोन नम्बर ०८७–५२००१३ मा पाँच पटक फोनको पुरै घण्टी बज्यो तर उठेन ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १७:०४