१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

१०८ अंकले घट्यो सेयर बजार, ११ अर्ब २४ करोडकाे कारोबार


२० भदाै, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०८ दशमलव २६ अंकले घटेर बन्द भएको हो । बजार खुलेको दुई घन्टा बित्न नपाउँदै नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भयो ।

आइतबार २२३ कम्पनीका २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयर कारोबार हुँदा ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ५१९ दशमलव ४६ र जीवन बीमा समूह ५११ दशमलव ७८ अंकले घटेको हो ।

अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । अरुण भ्यालीको ७० करोड ३३ लाख ३० हजार दुई सय रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ । अरु १३ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीका लगानीकर्ता घाटामा गएका छन् । १३ वटा कम्पनीको १० प्रतिशतसहित ३१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १५:५२