५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेप्सेमा नकारात्मक सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द


२० भदाै, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको दुई घन्टा बित्न ५ सेकेन्ड बाँकी हुँदा नेप्से ५.०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो ।  सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ।

बजार बन्द हुने अवधिसम्म २१५ कम्पनीको कारोबारमा सात अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र सेयरमूल्य बढेको छ। बजारमा पहिराे गएसँगै सेयर काराेबारी अत्तालिएका छन् । नेपाल राष्ट्र बैंकको नयाँ नीतिका कारण सेयर बजार ओरालो लागेको सेयर विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १३:३८