२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग


२० भदाै, काठमाडौँ। सेयर धितो कर्जाको सीमाको विरोध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनमाको माग गरेका छन् । नियोजितरुपमा सेयर बजारलाई घटाउने नीति ल्याएको भन्दै गभर्नर अधिकारीको राजिनामा माग गरिएको हो । लगानीकर्ता रामकृष्ण ढकालको संयोजत्वको पूँजी बजार सुधार संघर्ष समितिले १६ बुँदे माग राख्दै सेयर धितोको सीमाको विरोध गरेका हुन् ।

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको हो ।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन । यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ ।

सम्बन्धीत निकायले उक्त सार्वजनिक विज्ञाप्तीको वेवास्ता गरेमा सोमबार विरोध कार्यक्रम गरिने बताईएको छ । राष्ट्र बैंकका साथै अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई समेत पत्राचार गर्दै लगानीकर्ताहरुको समुहले विभिन्न माग राखेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १३:१२